back

दहिझोडा सामुदायिक बन उपभोक्ता समूहको २८ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। झापाको अर्जुनधार नगरपालिका ४ मा रहेको दहिझोडा सामुदायिक बन उपभोक्ता समूहको २८ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आइतबार बन समितिको कार्यालय परिसरमा आयोजना भएको सभामा कार्यसम्पादन प्रगती विवरण र आगामी योजनाहरु सार्वजनिक गरिएको छ ।

संस्थाका अध्यक्ष टेकनाथ अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार दहिझोडा सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८०्०८१ मा वन संरक्षण, सामुदायिक सेवा, महिला सशक्तीकरण, र सामाजिक उत्थानका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै समूहले वन क्षेत्रको संरक्षण र उपभोक्ताहरूको जीवनस्तर उकास्न विभिन्न क्रियाकलापहरू सफलतापूर्वक सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।

समूहले वन संरक्षणलाई प्राथमिकतामा राख्दै वन्यजन्तु र वन क्षेत्रको सुरक्षा गर्न प्रभावकारी कदम चालेको छ । वन संरक्षण उपसमिति, वन हेरालु कर्मचारी, र अन्य सदस्यहरूको सहकार्यमा वनको संरक्षण गरिएको छ । वन्यजन्तु र पर्यावरण संरक्षणका लागि समूहले नियमनकारी निकायहरूसँग निरन्तर समन्वय गरेर काम गरेको छ । यसका साथै, मृतक उपभोक्ताहरूको अन्तिम श्रद्धाञ्जलीस्वरूप ७३ जनालाई निःशुल्क दाहासंस्कारका लागि दाउरा उपलब्ध गराइएको छ ।

हरियाली महिला बचत तथा ऋण परिचालन समूहको पहलमा सुलभ व्याजदरमा प्रति व्यक्ति ३० हजार रुपैयाँका दरले ४७० जनालाई ऋण उपलब्ध गराइएको छ। महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले हरपिक, झोलसाबुन, र फिनाइल बनाउन ३ दिने सीपमूलक तालिम सञ्चालन गरिएको छ ।

किसानहरूको परम्परागत पहिचान संरक्षण गर्न १०० सेट हलो जुवा निःशुल्क वितरण गरिएको छ। स्वास्थ्य सेवाको पहुँच टाढा भएका उपभोक्ताहरूलाई १्१ सेट ब्लड प्रेसर नाप्ने मेशिन र थर्ममिटर निःशुल्क प्रदान गरिएको छ ।

समूहले २०८०्०८१ मा ४०३५.६७ क्यु. फिट साल काठ, ११२४.६६ क्यु. फिट अन्य काठ, र १४७८ क्विन्टल दाउरा संकलन गरेको छ । समूहको आर्थिक कारोबारलाई पारदर्शी बनाउन सफ्टवेयर प्रणालीबाट लेखा राख्ने कार्य सुरु गरिएको छ ।

समूहले आगामी आर्थिक वर्षका लागि १ करोड ७८ लाख ३७ हजार ५ रुपैया अनुमानित बजेट तयार पारेको छ । बास, केरा, र फलफूलका बिरुवा रोपण। माटो परीक्षण र सिँचाइको व्यवस्थासहित वृक्षरोपणको प्रभावकारिता बढाउने काम गरेको छ ।

समूहले सभाहल स्तरोन्नति गरी बिजुली, पंखा, र अन्य सुविधा थप गरेको छ। कार्यालय परिसरमा सुरक्षा व्यवस्था र रंगरोगन गरी थप आकर्षक बनाइएको छ ।

समूहले युवा वर्गलाई खेलकुदमा प्रोत्साहन गर्न फुटबल, भलिबल, र क्रिकेट प्रतियोगिताहरूको आयोजना तथा आर्थिक सहयोग गरेको छ । साथै, उपभोक्ताका लागि समूहको कामका तस्वीर समेटेर भित्तेपात्रो प्रकाशन गरी घर–घरमा वितरण गरिएको छ ।

यस वर्ष १० नयाँ घरधुरी उपभोक्ता थपिँदै कुल उपभोक्ता संख्या १५२१ पुगेको छ। समूहले आगामी दिनमा वन संरक्षणसँगै सामुदायिक विकासलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जानकारी दिएको छ ।

संथाका अध्यक्ष टेकनाथ अधिकारीको अध्यक्ष्तामा र पूर्व बन तथा वातावरण मन्त्री वीरमण्मी ढकालको प्रमुख आतिथ्यमा आयोजित सभामा प्रमुख अतिथि ढकाल, अर्जुनधारा ४ का वडाध्यक्ष अमरबहादुर कटुवाल, ५ का वडाध्यक्ष गीताराज खड्का, सामुदायिक बन उपभोक्ता महासंघ अर्जुनधारा इन्चार्ज तुलसीप्रसाद खतिवडा, प्रजापति सामुदायिक बनका अध्यक्ष मात्रिका पोखरेल र राजनीति दलहरुको तर्फबाट नेपाली काँग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सामुदायिक बन स्थापनाकालका १६ जना बन हेरालु र १० वर्ष भन्दा धेरै सेवा गर्ने ६ जना कर्मचारीलाई सम्मान गरिएको छ । त्यसैगरी क्षेत्रिय अध्यक्ष, टोल अध्यक्ष, हरियाली समूहका क्षेत्रीय टोल संयोजक, असल ऋणी र बचतकर्ताहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ ।

पाँच वटा क्षेत्र र ३० वटा टोल समिति रहेको छ । खुलासत्र कार्यक्रममा संस्थाका उपाध्यक्ष तुलाराम बस्नेतले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सिताराम पराजुलीले गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...