मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, सभामा ६.३५ प्रतिशत नगद लाभांश पारित
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औं वार्षिक साधारण सभा पुस २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभाबाट आ.व. २०८०र०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
सभाबाटकम्पनीको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट तीन जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट एकसतिश गौतम, गरि चार जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन् ।
वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २ (१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित गरेको हो ।
कमपनीले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ ।
प्रकाशित समय : १५:०७ बजे





















