एकैपटक सिजी डिजिटलको ५ वटा नयाँ शोरूम उद्घाटन
वि.सं.२०८१ पुस २८ आइतवार
काठमाडौं । सिजी डिजिटलले एकैपटक ५ वटा नयाँ शोरूम उद्घाटन गरेको छ ।
कम्पनीले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउनेछन् ।
जहा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः एलजी, सिजी, टिसिएल, गोदरेज, बेको, मिडिया, केन्ट, एलिका, सेन्सेई, ब्लाक प्लस डेकोर, क्रपटन, नोथिङ र एप्पल आईफोन लगायतका उत्पादनहरू उपलब्ध छन्।
आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको छ।
दक्ष्य र अनुभवी सेल्स पर्सनहरु बाट यहाँ भएका बिधुतिय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नेछन्।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।
नयाँ शाखाहरूमा फ्री कुकिङ कक्षा र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिनेछ।
यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ।
नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ। यसमा फ्री डेलिभरी, फ्री इन्स्टलेसन, ईएमआइ, एक्सचेन्ज अफर, र लोयल्टी पोइन्टस् जस्ता सुविधाहरू पनि समावेश छन्।
प्रकाशित समय : १४:०२ बजे





















