साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि
वि.सं.२०८१ पुस २५ बिहीवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को बिन्दुमा बजार बन्द भएको हो ।
बजार घटेपनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ
बिहीबार ५५ कम्पनीको शेयर मूल्य बढ्दा १८० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मल्य स्थिर रहेको छ ।
बिहीबार सुपर मादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ८८ लाख ६ हजार बढी संकलन भएको छ ।
त्यसैगरी, दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर ९.२३ प्रतिशतले घटेको छ ।
प्रकाशित समय : १५:२० बजे






















