कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले ल्याब सेवामा १० प्रतिशत छुट पाउने
वि.सं.२०८१ पुस २५ बिहीवार
काठमाडैं । कामना सेवा विकास बैंकले काठमाडौँको बसुन्धारा स्थित ईशान बाल तथा महिला अस्पतालसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।
उक्त सम्झौतामा बैंकका कर्मचारी र ग्राहकले ल्याब सेवामा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण प्रस्तुत गरेर यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।
बैंकले यस सम्झौताबाट कर्मचारी तथा ग्राहकहरूलाई विशेष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रकाशित समय : १३:३७ बजे





















