लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न, सभामा ५ प्रतिशत बोनस पारित
वि.सं.२०८१ पुस २४ बुधवार
काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश पारित भएको छ ।
बुधवार सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाबाट यो वर्ष वितरण गर्ने लाभांश पारित भएको हो ।
सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड पुगेको छ ।
सभाले आर्थिक वर्ष २०८०–८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । बैंकले गत आवमा ३ खर्ब ३३ अर्ब निक्षेप संलकन गरेको थियो ।
प्रकाशित समय : १५:४९ बजे





















