back

भृकृटीमण्डपमा नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । दशौं नेपाल वुड इन्टरनेशनल एक्स्पो, पाचौं नेपाल इन्टरनेशनल फर्निचर एक्स्पो तथा नेपाल होम टेक्स एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो यहिँ माघ ४, ५ र ६ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि र इ.टि.एस.आइ.पि.एल.ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि यो बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।

यस प्रदर्शनीको दशौं संस्करण 10th Nepal Wood International Expo, 5th Nepal International Furniture Expo तथा Nepal HomeTex & Home Décor International Expo हुन लागेकाे हाे ।

यस नवौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले विश्वमा ख्याती कमाएका कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

१० औं संस्करणमा धेरै नयाँ प्रविधी र सामग्रीका प्रदर्शनी हुनेछ । अवलोकनकर्ताहरुले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउनेछन् । प्रदर्शनीस्थलमा जानकारीमूलक सेमिनारहरू, अन्तरक्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रस्तुतीकरणहरूको पनि आयोजना हुनेछ।

१० औं संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहनेछ ।

सो प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा इन्टेरियर डिजाईनर एस्सोसियशन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ रहेका छन् ।

आयोजकका अनुसार यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु-याउने छ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।

सो प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने आयोजककाे भनाइ छ ।

उक्त आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखी कोसेढुंगा सावित हुदै आएको छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरु को उल्लेखनीय सहभागिता रहने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...