back

अर्थमन्त्री पौडेलले भने, सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छ

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।

अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् ।।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरुलाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरु अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए ।

उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने बताए ।

अर्थमन्त्री पौडेलले अन्तर्राष्‍ट्रिय मुद्रा कोषसँगको सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सो क्रममा नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास व्यक्त गरे ।

उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयहरुबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...