back

‘युवा लक्षित क्षमता अभिबृद्धिका कार्यक्रम नहुँदा विदेशिनेको संख्या बढ्यो’

काठमाडौं । नेपाल सरकारको पूर्वसचिव खेमराज नेपालले मुलुकभित्रै बस्ने वातावरण नहुँदा लाखौं युवाहरु बाहिरिनु परेको बताएका छन् ।

मंगलबार काठमाडौंमा क्षमता अभिवृद्धि सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षमता विकासको विषय एकदमै पेचिलो भएको भन्दै क्षमता विकासको काम नहुँदा हजार व्यक्तिहरु विदेश गइरहेको बताए ।

उनले भने, ‘विगत २० वर्ष देखिको तथ्यांक हेर्ने हो भने केही न केही हजार व्यक्तिहरु विदेश जाने गरेको देखिन्छ । मुलुकभित्रै बस्नको लागि उनीहरुलाई केही सिकाएको भए वास्तवमा उहाँहरुले मुलुक बनाउने काम पनि गर्नु हुन्थ्योहोला । त्यसकारण क्षमता विकासको जुन विषय छ यो एकदमै पेचिलो छ ।’

यसको साथै उनले सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुने भन्दै सामान्य भाषामा हुने हो भने सबैको फइदा लिन सक्ने बताए ।

उनले भने, ‘सरकारले मानव विकासमा धेरै खर्च नगरेको कारण दुःख पाएर जाने र कम पैसा मुलुकमा ल्याउनुपर्ने अवस्था छ । सरकारले नीति त बनाएको छ तर यसरी बनाएको छ कि तपाइँ हामीले बोल्ने भाषामा बनाएको छैन्।

जुन भाषामा बनाएको छ त्यो भाषा तलको मान्छे बुझ्ने खालको छैन् । सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुन्छ । सबैले बुझ्न सक्ने भएको भएर सबैको फाइदा लिन सक्ने अवस्था हुन्थ्यो होला ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...