नेपाल एसबिआई बैंकको सञ्चालकमा सिन्हा नियुक्त
वि.सं.२०८१ पुस २२ सोमवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सञ्चालक नियुक्ति गरेको छ ।
पुस २१ गते बसेको बैंकको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालकमा रितेश सिन्हालाई नियुक्त गरेको हो ।
बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबिआई) को तर्फबाट यस बैंकको सञ्चालक समितिमा सञ्चालकमा प्रतिनिधित्व गर्दै आएक पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकमा नियुक्त गरेको छ ।
प्रकाशित समय : ११:१० बजे





















