सिटिजन लाइफ इन्स्योरेन्सद्वारा देशभर सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न
वि.सं.२०८१ पुस २१ आइतवार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न भएको छ ।
कम्पनीले देशभर विभिन्न समयमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको हो । बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपालभरी सम्पन्न गरेको छ।
कम्पनीले पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौँडा क्षेत्रलगायत नारायणगढ शाखाका अभिकर्ता एवम् त्यहाँको सम्पूर्ण कर्मचारीहरू र केही विभागिय प्रमुखहरू समेतको सहभागितामा सो तालिम सम्पन्न गरेको थियो । तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषक राज पौडेलले प्रस्तुत गरेका थिए ।
उक्त तालिममा गैरकानुनी कमाई र आतङ्ककारी कार्यबाट सङ्कलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।
उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । गतसाल झैँ यस २०८१ सालामा पनि कम्पनीले देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौ र अन्तिम स्थान हो ।
यस भन्दा पहिले मङ्सिर २७ गते पुर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरूका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागि मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागि कार्तिक १० गते पोखरामा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाडौँमा यस तालिम सम्पन्न गरिएको थियो ।
प्रकाशित समय : १६:४२ बजे





















