back
himalayan life

बेलुन महोत्सवमा बिवाइडीको नयाँ गाडी सार्वजनिक

काठमाडौं । नेपालमै पहिलोपटक मंगलबारदेखि सुरु भएको ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ का अवसरमा बिवाइडी इलेक्ट्रिक गाडी सार्वजनिक गरिएको छ ।

फेवातालको किनारमा हट एयर बेलुनको अनौठो शैलीमा गरिएको सार्वजनिक कार्यक्रममा साइमेक्सले एकै दिन १०० गाडी ग्राहकलाई हस्तान्तरण गरेको हो। यो गाडी चारवटा रंगमा उपलब्ध छ । ५८ लाख ९० हजार रुपैयाँ मुल्य तोकिएको यो इलेक्ट्रिक गाडीले एकपटकको चार्जमा ४४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक एमुना श्रेष्ठले बीवाइडी एम सिक्सलाई नेपालमा विद्युतीय सवारी क्षेत्रको नयाँ युगको सुरुआत प्रतीकका रूपमा प्रस्तुत गर्दै यसले ग्राहकको जीवनशैलीलाई थप सहज र आधुनिक बनाउने विश्वास व्यक्त गरिन्।

बीवाईडी एम–६ एक प्रिमियम इलेक्ट्रिक एमपीभी हो, जुन नेपालमा पहिलो पटक फरक शैलीमा प्रस्तुत गरिएको हो। यसमा अत्याधुनिक प्रविधि र विशेषता जडित छन्, जसले यात्रुलाई उच्चतम आराम र दक्षता प्रदान गर्नेछ।

गाडी सार्वजनिक कार्यक्रमले पोखराको पर्यटकीय माहोललाई थप रोमाञ्चक बनाएको छ भने विद्युतीय सवारी साधनप्रति मानिसको चासो र आकर्षण समेत बढाएको देखिएको छ।

यो कारमा भएको ५५.४ किलोवाटको ब्याट्रीले ४२० र ७१.८ किलोवाटको ब्याट्रीले ५३० किलोमीटर रेन्ज दिने डब्लुएलटिपिले प्रमाणित गरेको छ। यो ७ सिटर गाडीमा हो। यसको ग्राउन्ड क्लियरेन्स १७०एमएम रहेको छ।

बिवाईडी एम– ६ को लम्बाई ४७१० एमएम, चौडाई १८१० एमएम र उचाइ १६९० एमएम छ। यसमा २८०० एमएम लामो ह्रवीलबेस पाउन सकिन्छ।

कारमा ७ प्रिमियम सिट, पानोरामिक ग्लास छत, ५८० लिटरसम्मको लचिलो लगेज क्षमता छ, जसले प्रत्येक यात्रालाई आरामदायी र व्यावहारिक बनाउने कम्पनीको दाबी छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...