back
himalayan life

आजबाट ‘महिला क्रिओ फेस्टिबल २०२४’ सुरु

काठमाडौं । आजबाट मकवानपुरमा क्रिकेट महिलालाई आकर्षण गर्नका लागि ‘महिला क्रिओ फेस्टिबल २०२४’ सुरु भएको छ ।

पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको खेल क्रिकेटमा महिलालाई आकर्षण र प्रोत्साहन गर्ने उद्देश्यका साथ मकवानपुर जिल्ला क्रिकेट सङ्घले फेस्टिबल आयोजना गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजना अन्तर्गत मकवानपुर जिल्ला क्रिकेट सङ्घले दुई दिने फेस्टिबल आयोजना गरेको संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिएका छन् ।

नेपालमा क्रिकेटको मोह बढ्दै गएको अवस्थामा विद्यार्थी समयदेखि नै खेलप्रति आर्कषण गर्नका निम्ति फेस्टिबलको आयोजना गरिएको उनले बताए ।

दुई दिनसम्म सञ्चालन हुने फेस्टिबलमा क्रिकेट क्षेत्रमा छात्राहरूको चाहना बढाउने, खेलबारे जानकारी दिने र आवश्यक प्रशिक्षणसमेत गराउने कार्यक्रम रहेको बानियाँले बताए ।

हेटौँडा उपमहानगर पालिकासँगको सहकार्यमा आयोजना गरिएको दुई दिने फेस्टिबलमा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ वटा विद्यालयको टिम सहभागी रहेको महिला क्रिकेट फेस्टिबलका कार्यक्रम संयोजक प्रेम क्षेत्रीले बताए ।

फेस्टिबलमा सामुदायिक र संस्थागत दुवै विद्यालयको सहभागितामा रहेको र सहभागी विद्यालयको टिमबीच हेटौँडा–४ स्थित हुप्रचौरमा ६ ओभरको खेल हुने उनले जानकारी दिएका छन् ।

फेस्टिबलको आयोजनाले भोलिका दिनमा क्रिकेट क्षेत्रमा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वाससमेत लिइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वि.सं.२०८३ असार ९ मंगलवार ११:०८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...