back

मुगुका युवा रोजगारीका लागि भारत र ठूला सहरतिर पलायन

काठमाडौं । यतिबेला मुगुका अधिकांश युवाहरु रोजीरोटी एवम जीवन निर्वाहका लागि नेपालका ठूला शहर र भारततिर लागेका छन् । गाउँमा रोजगारीका अवसरहरु नभएपछि उनीहरु ठूला शहर र भारततर्फ गएका हुन् ।

‘गाउँमा उत्पादन गरेको खेतीले परिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, बर्षेनी बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरुले गाउँ छाडेका हुन् । स्थानीय सरकारले पनि रोजगारमूखी कार्यक्रमहरु नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती–मलामीको अभाव हुने गरेको स्थानीइ बताउँछन् ।

जिल्लाका सोरु गाँउपालिका अन्तरगत धैन, कालै, भिई, नार्थर्पु, फोतु,लिब्रु, कच्र्चे, रुम, ख्याल्च,बुम्च,सिरुपटा, खत्याड गाँउपालिकाको अमाले, लुमेरा, सेरी, जाम,जुम्फै,गम्था,कोटडाडा, रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँहरु साथै छायानाथ रारा नगरपालिका अन्तरगत रुगा,रोवा,पिना,कार्कीवाडा,ढुम,बाम,मुन्दर कोटीला थार्प,तिर्थलगाउत पाँच दर्जन गाउँका युवाहरु पलायन भएका हुन् ।

सोरुगाँउपालिका–९ कि असौजी नेपाली भन्छिन्,‘गाउँ यतिबेला युवाविहीन छ । कोही विरामी परिहाले स्वास्थ्य केन्द्र पुर्याउने, विवाह–ब्रतबन्धमा सघाउने र कोही मृत्यु हुँदा मलामी जाने मान्छेको अभाव छ ।’

स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यक्रमहरुमा आफ्ना नातागोताले अवसर पाउने गरेको उनले गुनासो गरिन् । मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले युवा लक्षित कार्यक्रमहरु ल्याएको दावी गरेका छन् । यहाँ अधिकास युवाहरु भारतका बिभिन्न शहरलगायत नेपालका काठमाडौ, धरान, बुटवल, चितवन, नेपालगंन्ज, भैरहवालगायतका शहरमा युवाहरु मजदुरी र व्यापार गर्न जाने गरेका छन् ।

स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यक्रमहरुमा आफूहरुको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको सोरु गाँउपालिका–९का जाडनाथ योगीको भनाइ छ ।

तर सोरु गाउँपालिकाले युवाहरुलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमार्फत विभिन्न कार्यक्रमहरु ल्याएको दावी गरेको छ । युवा पलायन रोक्न भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष केशरजंग शाही बताउँछन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...