back

पोखरामा पौष १३ गते वर्ल्डलिंकको आयोजनामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

काठमाडौं । नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना हुने भएको छ ।

पोखराको, पामे, चङ्खपुरमा हुन गइरहेको ‘अन्तर्ष्ट्रिय बलुन फेस्टिभल’ को पाँचौ दिनमा हुन गइरहेको यस कार्निभल, पौष १३ गते २८ डिसेम्बर, शनिबारको दिन बिहान ९ बजे बाट शुरु भइ बेलुकी ५ बजे सम्म रहने छ ।

यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बाल‍बच्चाहरूको लागि खेलहरु, विभिन्न प्रकारमा रमाइला खेलहरु रहने वल्र्डलिंकले जनाएको छ ।

यस कार्निभलको मुख्य आकर्षणको रुपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुती रहने तथा त्यसका साथै विभिन्न स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ । चर्चित कार्यक्रम प्रस्तोता ‘सुजिता श्रेष्ठ’ द्वारा सञ्चालन गरिने यस कार्निभलमा चर्चित डिजे ‘डिजे एमी’को प्रस्तुती समेत रहने छ ।

कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु, ‘पबजी प्रतियोगिता’, तथा विभिन्न स्टलहरु रहने छन् । साथै यसै कार्यक्रममा, ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वर्ल्डलिंकले जनाएको छ । त्यस प्रतियोगितामा, १४५ कि.मी. प्रति घण्टाभन्दा माथिको बलिङ्ग गर्न सफल भएमा एक प्रतियोगीले ‘आईफोन १६’ उपहार पाउन सक्नेछन् ।

कार्निभलमा सहभागि हुन चाहनेहरुको सहजताको लागि वर्ल्डलिंकले पोखरामा पामे सम्मका लागि निशुल्क बस सेवा समेत प्रदान गर्ने भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...