back

एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ ।

क्रिकेटप्रेमीहरूको यसले उत्साहलाई चरम उत्कर्षमा पुर्याएको हो । यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ ।

यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी) का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् ।

बिहीबारसम्म, ५० हजार भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरुको थिम गीतलाई आफ्नो पीआरबीटीका रुपमा राखिसकेका छन् ।

धेरै ग्राहकहरु आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले *१२३*६# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्छन् । एनसेलको पीआरबीटी एक विषेश सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरु बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् ।

‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधी अनुसारमा टोन राख्न सकिन्छ । जस्तै कुनै ग्राहकले आफूले गाडी चलाईरहेको छ भने उसले फोन गर्नेहरुलाई आफुले गाडी चलाईरहेको जानकारी दिने टोन राख्न सक्छन् ।

यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रुपमा पनि राख्न सक्छन् । प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र रु ३१ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ ।

यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरु गीतहरु पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ । एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...