back

नेपाल इन्जिनियरिङ कलेजमा सेनाका इन्जिनियर

काठमाडौं । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् ।

गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरुले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् । सो क्रममा उनीहरुले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेशन इन्जिनियरिङको अध्ययन, माइक्रो हाइड्रोपावर प्लान्टको अवलोकन गर्दै विषयगत शिक्षकहरुबाट ज्ञान लिएका छन् । नेपाली सेनाका अधिकृतहरुलाई कलेजका एशोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति, सुनिल ख्याजू, असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य, रक्षक ढुंगेल लगायतले ज्ञान र निर्देशन दिएका थिए ।

नेपाली सेनाले विगत नौ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजमा आएर इन्जिनियरिङ विधाका विविध विषयमा ज्ञान लिने गरेको छ । इन्जिनियरिङ विधाका सबै विषयहरु प्रयोगात्मक शिक्षण विधिबाट अध्यापन हुने र कलेजले स्थापना गरेका ल्याब, मिनी हाइड्रो पावर प्लान्टहरु उत्कृष्ट रहेकाले नेपाली सेनाका इन्जिनियर अधिकृतहरु अध्ययन र अवलोकनका लागि आउने गरेका छन् ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेज पोखरा विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरिङ कलेजका रुपमा परिचित छ। पूर्णकालिन शिक्षकशिक्षिका, आफ्नै सुविधासम्पन्न भवन, अत्याधुनिक पुस्तकालय तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय रिसर्चका अवसरको उपलब्धताले यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र समेत दिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...