back

पौष ५ गतेदेखि भृकुटीमण्डपमा औषधी र हस्पिटल सम्बन्धी प्रदर्शनी हुने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी” र ‘नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनी” हुने भएको छ ।

यो प्रदर्शनी पौष ५ गतेदेखि ७ गतेसम्मा भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्राइभेट लिमिटेड, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इण्डिया प्राइभेट लिमिटेड (इटीएसआईपीएल) तथा मिडिया स्पेस सोल्युसन प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा प्र्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १ सयभन्दा बढि कम्पनीको स्टल रहने व्यवस्था गरिएको छ ।

नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीका तीन विशेषता छन् । जसअनुसार प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन विशेषतालाई एउटै ठाउँमा ल्याएर नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसर बढाउन यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजक पक्षले जनाएको छ ।

नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गरि औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने माध्यम आयोजकको भनाई छ ।

प्रदर्शनीमा विभिन्न देशका कम्पनि र ब्राण्डसहित बिजिनेस लिडर, डाक्टर, वैज्ञानिक, रोग विशेषज्ञ, अनुसन्धानकर्ता, सरकारी अधिकारी, नीति निर्माता र उद्योग पेशेवरहरुको सहभागिता रहनेछ ।

यो प्रदर्शनी आगामी शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...