एनएमबि बैंकले साधारणसभा बोलायो
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले साधारणसभा बोलाएको छ ।
बैंकले २९औं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको हो। मंसिर २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
बैंकले लाभांश नबाड्ने निर्णय गरेको छ । सभामा गत आवको वित्तीय विवरण पारितका लागि र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।
यसका साथै प्रतिशेयर १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबि ८.२५५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने, चुक्ता र अधिकृत पूँजी वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा प्रयोजनार्थ बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
प्रकाशित समय : १३:३७ बजे





















