नेपाल बैंकका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ
वि.सं.२०८१ मंसिर ३० आइतवार
काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलालाई १३ वर्षपछि पक्राउ गरेको हो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
श्रेष्ठविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका उनले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरूपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निष्कर्ष छ।
पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिए।
प्रकाशित समय : १८:१९ बजे





















