back

नाडा अध्यक्ष चौधरीले भने बीमा क्षेत्रमा अटोमोवाईल्सको ५० प्रतिशत योगदान छ

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले बीमा क्षेत्रमा अटोमोवाईल्सको ५० प्रतिशत योगदान रहेको बताएका छन् ।

आइतबार (नाडा)को ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘बीमा क्षेत्र अहिले यस्तो क्षेत्र भएको छ जहाँ अटोमोवाईल्सलो ५० प्रतिशत योगदान रहेको छ । समग्र अर्थतन्त्रमा हाम्रो २१ प्रतिशत योगदान छ । तर विडम्बनाको कुरा अटोमोवाईल्सकै ब्यक्ति विदेश पलायन हुनुपरेको अवस्था छ ।’

अध्यक्ष चौधरीले भने, अझै पनि सरकारले अटोमोवाईल्सलाई प्रोत्साहन नगर्ने हो भने अटो क्षेत्र विलय हुने चौधरीको भनाई रहेको छ । ‘हामिले एक लाख भन्दा बढीलाई रोजगार दिएका छौं । देशको निति उधोगिकरण गर्नु पर्छ। अटोमा उच्च कर रहेको छ। कर प्रणाली झन्झटिलो रहेको छ ।’

‘दुई पांग्रे सवारीमा विधुतिकरण भएको छैन । बिधुत प्राधिकरणले चार्ज गर्ने ठाउँ बृद्धि गर्न सहयोग गरेको छैन । त्यसैले अब आउने ईभि गाडिको भविष्यमा प्रश्न उठेको छ।’ उनले थपे, ‘ईभि सम्बन्धि नीति ल्याउनु आउनु पर्छ । अहिलेको भन्सार नीति परिवर्तन गर्नु पर्छ। मौद्रिक नीतिले अटोमोबाइल्सले कहिल्यै सम्बोधन गर्न सकेन । अहिलेको अवस्थामा अटो चलायमान गर्न सकेन भने अटो विलय हुने अबस्था रहेको अध्यक्ष चौधरीको भनाइ छ ।’

उनले भने, ‘सरकार र निजी क्षेत्रको सम्बन्ध मजबुत हुन सकेको छैन। समन्वय हुन सकेको छैन । हामि स्वच्छ सम्बन्ध राख्न चाहन्छौ । सरकारको सहयोग भएन । सरकारले अटोमोवाईल्सलाई जहिले पनि सकारात्मक दृष्टिले नहेरेको चौधरीको दाबि छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...