back

‘सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म नहुँदा हकबाट वन्चित हुनुपर्यो’ : सांसद तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले अझै पनि जनताहरुमा सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म पनि नहुँदा हकबाट वन्चित हुनुपर्ने अवस्था रहेको बताएकी हुन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति भएको सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँगको छलफलमा भाग लिँदै उनले सबै नागरिकलाई सूचनाको हकबाट वन्चित नगर्न स्थानीय तह,सबै वडामा यसको प्रयोगबारे तालिमको व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले भनिन्,‘पछिल्लो समय सूचनाको हक प्रयोग गर्दैगर्दा प्रत्येक नागरिकले एउटा सरकारलाई र सरकारका सम्पूर्ण संयन्त्रलाई एउटा बलियो प्रतिपक्षको भूमिका प्रत्येक नागरिकले निभाउन सक्छ । तर सूचनाको हक कसरी प्रयोग गर्ने प्रकृया के हो कहाँ जाने उजुरी कहाँ, निवेदन कसरी दिने भन्ने किसिमका सामान्य जानकारी सम्म नभएको अवस्था छ । देशैभरीका सबै वडामा एउटा कार्यक्रम नै ल्याएर तालिमको सृजना गर्नुपर्छ ।’

उनले संविधानले प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक विषयका सूचनाहरु पाउने हक दिएको भएतापनि सूचनाहरु लुकाइने समस्या रहेको बताइन् ।

उनले भनिन्‘संविधानले प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक विषयका सूचनाहरु पाउने हक राख्दछ भनेर सुनिश्चित गरेको छ । तर सतहमा नआएका थुप्रै यस्ता विषयहरु छन् ।

जहाँ सूचनाहरु लुकाइन्छ । सूचना नदिई दबावमा राखिन्छन् । यस्तो विषयलाई सम्बोधन गर्न राष्ट्रिय सूचना आयोगको तर्फबाट कुनै निकायहरुले गएर एउटा प्रणाली विकास गर्नुपर्छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...