back

महेश्वरी खेल मैदानमा भक्तपुर महोत्सव २०८१ मंसिर २८ गतेदेखि हुने

काठमाडौं । पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृतिु भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिकाको आयोजनामा हुने भक्तपुर महोत्सव २०८१ मंसिर २८ गतेदेखि शुरू हुने भएको छ ।

महोत्सवमा भक्तपुर नगरभित्रका मुख्य ३२ स्थानमा विभिन्न सांस्कृतिक, शैक्षिक, खेलकुद एवम् व्यापार मेला प्रर्दशनी हुनेछ । त्यसमध्ये भक्तपुर नगरपालिका वडा ७ महेश्वरी खेल मैदानमा हुने व्यापार मेला पनि एक हो । जसको व्यवस्थापन भक्तपुर युवा टीमले गर्दैछ । व्यापार मेलाका लागि टीमका साथीहरु तयारीमा जुटेका छन् । व्यापार मेलामा सयभन्दा बढी स्टल बनाउने काम सुरू भइसकेको छ । व्यवसायीहरूले ८० प्रतिशत भन्दावढी स्टलहरु बुकिङ्ग गरिसकेका छन् ।

व्यापार मेलामा दैनिक जीवनमा आवश्यक उपभोग्य सामाग्रीहरू एवम् विभिन्न प्रकारका लत्ताकपडाहरू, खाद्यान्न, अटोमोबाइल, विभिन्न कम्पनीका जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू प्रदर्शन हुनुका साथै पर्यटकीय सामाग्रीसमेत विक्री वितरणमा रहनेछन् । हामीलाई विश्वास छ व्यापार मेलामा विक्री हुने वस्तुहरु अन्य ठाउँमा भन्दा सहुलियत दरमा पाउने छन् ।

व्यापार मेलाको अर्को आर्कषण महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकीमाउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट सांस्कृतिक नाच एवम् संगीतहरु प्रदर्शनी हुनेछ । राष्ट्रिय स्तरका लोकप्रिय कलाकारहरुबाट देशभक्ति पूर्ण, प्रगतिशील एवम् अन्य गीतहरुद्धारा व्यापार मेलामा पाल्नुहुने मानुभावहरुलाई रोमाञ्चित तुल्याउने छन् ।

महोत्सव पुस २ गते सम्पन्न हुनेछ भने यस व्यापार मेला नगरबासीहरुको चाहना भएमा पुस ६ गतेसम्म संचालन हुनेछ । महोत्सवमा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेलगायत विभिन्न जिल्लाका हजारौं जनताले अवलोकनका साथै फाइदा लिने विश्वास लिएका छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...