सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा कारोबार हुँदैछ ?
वि.सं.२०८१ मंसिर १९ बुधवार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार मात्र १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित समय : १०:४७ बजे





















