नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
वि.सं.२०८१ मंसिर १९ बुधवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये ३.८० प्रतिशत बोनस शेयर रहेको छ । बैकको ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।
मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाल पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ।
प्रकाशित समय : १०:२७ बजे





















