back

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर २०२४ अभियान सुरु

nactional life

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण डिजिटल डिसेम्बर २०२४ अभियान सुरु भएको छ ।

‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैँकिङ्ग अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गर्ने छ ।

यस अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैँकिङ अनुभव सरल बनाउनका निम्ती निम्नप्रकारका योजनाहरु रहेका छन् ।

बैंकका ग्राहकहरुलाई विशेष अफर :

सरलीकृत कर दाखिलास् डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुन्छन् ।

सहज बिजुली बिल भुक्तानीस् मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस(कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।

क्रेडिट कार्डमा विशेष अफरस् तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।

लचिलो वित्तीय समाधान:
आज किनौं, भोली तिरौं क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्नेछन् ।

अन्तर-बोर्डर भुक्तानी सेवास् लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरुले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन्।

वित्तीय शिक्षा कार्यक्रम
यस अभियानको एक मुख्य भाग ७त्रगयतसडिजिटल संवाद७त्रगयतस पनि रहेको छ, जस अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरु सँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्नेछ । यी कार्यक्रमहरु वितीय साक्षरता, डिजिटल बैँकिङ्ग सुरक्षा र नविनतम डिजिटल बैंकिङ्ग सुविधाहरू लगायतका विषयहरुमा केन्द्रित हुनेछन्।

यस्तै चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरुको माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ। डिजिटल डिसेम्बर २०२४ को अफर तथा अन्य जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमा पाउन सकिनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...