back

जीवन बीमकको नविकरण बीमाशुल्क ४५ प्रतिशतले बृद्धि, कुनको कति ?

nactional life

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवान बीमा कम्पनीहरूको कार्तिक महिनाको व्यापार सार्वजनिक गरेको छ ।

सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा ९ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

सार्वजनिक भएको तथ्यांक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीहरुको नबिकरण बीमा शुल्क आर्जन ४५.१० प्रतिशतले बृद्धि भएको छ ।

कार्तिक महिनाको नविकरण बीमा शुल्क आर्जनमा अन्य बीमा कम्पनीको तुलनामा नेपाल लाइफ इन्स्योरेन्स अग्र्रस्थानमा रहेको छ । त्यस्तै गत आवको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको नबिकरण बीमा शुल्क १८३ प्रतिशतले बृद्धि भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कार्ति महिनामा २ अर्ब ७४ करोड ४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ३९ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको एलआइसी नेपालको नविकरण बीमा शुल्क आर्जन ४१ प्रतिशतले बृद्धि भई १ अर्ब २५ करोड ७५ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको नविकरण बीमा शुल्क आर्जन ५२.८० प्रतिशतले बढेर १ अर्ब १४ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

चालु आवको साउनदेखि कार्तिक महिनासम्मा हिमालयन लाइफ इन्स्योरेन्सले नविकरण बीमा शुल्क आर्जन १ अर्ब ११ करोड १४ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५९ करोड करोड ३४ लाख, एशियन लाइफ इन्स्योरेन्सले ५७ करोड ३५ लाख, सानिमा रिलायन्स लाइफले ३५ करोड ५० लाख र मेट लाइफ नेपालको ३४ करोड ४१ लाख बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

रिलायबल नेपाल लाइफको ७३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ७० प्रतिशत, सूर्यज्योति लाइफको ६८.४७ प्रतिशत, आइएमई लाइफको ६४ प्रतिशत, सन नेपाल लाइफको ५५ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढेको सार्वजनिक तथ्ृयांकमा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...