तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य
वि.सं.२०८१ मंसिर १३ बिहीवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुन तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १०:३८ बजे





















