अब सुनचाँदी व्यवसायीले सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न सकिने
वि.सं.२०८१ मंसिर १२ बुधवार
काठमाडौं । सुन व्यवसायीहरुले अब सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने भएका छन्।
सर्वोच्च अदालतले अर्को आदेश नआएसम्म सुनचाँदीको काराबोर गर्ने व्यवसायीले सीधै बैंकबाट खरिद गर्न पाउने निर्णय सुनाएको हो ।
मंसिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले राष्ट्र बैंकले जारी गरेको नियम पूरा भएको खण्डमा महासंघबाट खरिद नगरी सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न सक्ने आदेश दिएको हो ।
सर्वोच्च अदालतले सुन–चाँदीको कारोबार गर्ने संघ संस्थामा आबद्ध नभए पनि व्यवसायीले सीधै वाणिज्य बैंकबाट सुन खरिद गर्न पाउने गरी अन्तरिम आदेश गरेको हो ।
यसअघि विदेशबाट वाणिज्य बैंकले दैनिक २० किलो सुन खरिद गरेर सुनचाँदी व्यवसायीका विभिन्न संघ र महासंघले खरिद गरेपछि मात्र व्यापारीहरुलाई दिने गरिदै आएको थियो ।
यसअघि व्यवसायीहरुले सुन–चाँदी व्यवसायी महासंघबाट तोकिएको कोटा अनुसार व्यवसायीका विभिन्न संघ र महासंघमार्फत सुन खरिद गर्दै आएका थिए ।

प्रकाशित समय : १८:०५ बजे





















