back

बजाज माइलेज च्याम्पियन’का विजेताहरु पुरस्कृत

काठमाडौं । बजाज माइलेज च्याम्पियन’का विजेताहरु पुरस्कृत भएका छन् । रौतहटको गौरमा सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’मा लोकेश कुमार चौरसियाले ९९ किमी प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन् ।

बजाज माइलेज च्याम्पियनमा नेपालभरका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी थिए । ९४ किमी प्रतिलिटरको प्रदर्शनका साथ मुकेश कुमार शाहले दोस्रो स्थान हासिल गरे भने ९० किमी प्रतिलिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो भए ।

उक्त इभेन्टले केवल बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई मात्र नगरी बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवर्द्धन गरेका थिए ।

यस माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरूबीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित पनि गरेको थियो ।

पछिल्लो समय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनले बताए ।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास दिएका थिए। आइतबार बिहान १० बजे उक्त च्याम्पियनको गरुडा चिनी मिल चौरमा उद्घाटन भएको थियो ।

उक्त च्याम्पियनमा आम ग्राहकहरुलाई सहभागिताका लागि पनि अनुरोध गरिएको थियो । च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...