back

सेबोनका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण, पुँजीबजारको दायरा विस्तार गर्दै लगानीकर्ताका हितमा काम गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन्।

सोमबार मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका श्रेष्ठले मंगलबार अर्थमन्त्रालयमा पद तथा गोपनीयताको सपथ लिएपछि बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणका क्रममा अध्यक्ष श्रेष्ठले पुँजीबजारको दायरा विस्तार गर्दै लगानीकर्ताका हितमा काम गर्ने वचन दिए। उनले भने, ‘नेतृत्व अभावका कारण धेरै कामहरू रोकिएका छन्। ती कामहरू पूरा गर्न म दिनरात नभनी लागिपर्नेछु,’।

श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई भाडाको घरबाट हटाएर आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘सेबोन जस्तो महत्वपूर्ण संस्थालाई भाडाको घरमा सञ्चालन गर्नु उपयुक्त होइन। त्यसैले आफ्नो कार्यकालमा बोर्डको आफ्नै भवन निर्माणलाई प्राथमिकतामा राख्नेछु,’ ।

पदभार ग्रहणसँगै उनले आफ्नो पहिलो निर्णयका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरेका छन्। यो निर्णयले लगानीकर्ताको विश्वास बढाउने अपेक्षा गरिएको छ।

श्रेष्ठले नेपाल सरकारबाट प्राप्त निर्देशनका आधारमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए।

अध्यक्ष श्रेष्ठले पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने र विस्तार गर्न विशेष पहल गर्ने बताएका छन्। ‘पुँजीबजारको सुधार र विस्तारलाई तीव्र बनाउन बोर्डको नीति र योजना परिणाममुखी हुनेछन्,’।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...