दुई दिनको भारी गिरावटपछि सुनको मूल्य ९०० रुपैयाँले बढ्यो
वि.सं.२०८१ मंसिर १२ बुधवार
काठमाडौं । नेपाली बाजारमा लगातार दुई दिन सुनमा भारी गिराएपछि आज भने बढेको छ । आज छापावाला सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज ९०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : १०:४५ बजे





















