back

नेसनल लाइफद्वारा बागमती प्रदेशका सिइओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशका सिइओ क्लब सदस्यलाई सम्मान गरेको छ ।

कम्पनीले काठमाडौंस्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष ०८०र८१ मा तोकिएको बिमा शुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूलाई सम्मान गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्यहरूलाई सम्मान गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्ज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरू सम्मानित भइसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशमा पनि निरन्तर कार्यक्रम गर्दै जाने जानकारी गराए ।

उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरूले सबैभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी चेयरपर्सन क्लबमा पुर्‍याउने उद्देश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ता यस कार्यक्रममा छनोट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...