स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०८१ मंसिर ११ मंगलवार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली एक दिनका लागि बुकक्लोज गर्दैछ।
बैंकको आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।
प्रकाशित समय : ११:१० बजे





















