आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?
वि.सं.२०८१ मंसिर ११ मंगलवार
काठमाडौं । आज पनि सुनको मूल्य ओरालो लागेको छ । सोमबार एकै दिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको सुन आज पनि तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १०:४६ बजे





















