बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८१ मंसिर १० सोमवार
काठमाडौं । कुमारी बैंक लिमिटेडले युएसएआईडीसँगको साझेदारीमा “देशै भरि वर्षै भरि” अभियानअन्तर्गत मोरङ्गको बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बेलबारी नगरपालिकासँगको समन्वयमा आयोजित प्रशिक्षण स्थानीय उद्यमीहरुको वित्तीय ज्ञान, सिप, मनोबल र व्यवहारिक क्षमता वृद्धि गर्ने लक्ष्यका साथ सम्पन्न गरिएको हो।
बैंकले वित्तीय साक्षरता प्रवर्द्धनका लागि पुस्तिका, कुमारीजी एप, सन्देशमूलक भिडियो र सचेतनामूलक कार्यक्रमहरूमार्फत जनचेतना फैलाउँदै आएको छ।
उद्यमशीलताको विकासले आर्थिक समृद्धि र राष्ट्र निर्माणमा सहयोग पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
प्रकाशित समय : १४:१२ बजे





















