मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गर्यो
वि.सं.२०८१ मंसिर ९ आइतवार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
प्रकाशित समय : ११:५० बजे





















