back
himalayan life

चार महिनामा १ खर्ब १२ अर्ब बढ्यो कर्जा प्रवाह

कात्तिकमा महिनामा मात्रै घट्यो १ अर्बले कर्जा प्रवाह

काठमाडौं । चालु आवको चार महिना कात्तिकसम्ममा बैंकहरूबाट जाने कर्जा प्रवाह एक खर्ब १२ अर्ब रुपैयाँले बढेको छ। अन्य महिनाको तुलनामा कात्तिकमा भने एक अर्बले कर्जा प्रवाह घटेको बैंकरहरूले बताएका छन् ।

असोज मसान्तसम्म वाणिज्य बैंकहरूले ४६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा कात्तिकमा एक अर्बले घटेर ४६ खर्ब ८१ अर्ब पुगेको छ। गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले ४५ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यसपछि कर्जा प्रवाह क्रमशः बढ्दै आएको छ। कात्तिकमा भने एक अर्बले घटेको हो। गत साउनमा २ अर्बले कर्जा प्रवाह बढेकोमा भदौमा ५४ अर्बले बढेको थियो । असोजमा ५६ अर्बले कर्जा बढेको हो। कात्तिकसम्ममा आउँदा कर्जा प्रवाह ४६ खर्ब ८१ अर्ब पुगेको छ। यो चार महिनाभित्रमा एक खर्ब १२ अर्बले बढेको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ (२.५ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ९ अर्ब ३ करोड रुपैयाँ (२.३ प्रतिशत)ले कर्जा बढेको थियो । गत आवको र अहिलेको असोजसम्ममा कर्जा प्रवाह निकै सुस्त वृद्धि भएको छ । असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७० अर्ब रुपैयाँ (२.६ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ (२.८ प्रतिशत) ले बढेको थियो । अहिले बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ तरलता छ । यो रकम लगानी गरेर सरकारले रोजगारी सिर्जना र विकासका काम गर्ने अवसर भए पनि त्यसो हुन सकेको छैन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...