हिमालयन लघुवित्तले बोलायो साधारणसभा
वि.सं.२०८१ मंसिर ६ बिहीवार
काठमाडैं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ५ गते साधारणसभा बोलाएको छ।
बैठकले संस्थाको १३ औं वार्षिक साधारण सभा आगामी मंसिर २७ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजेदेखि गर्न लागेको हो।
उक्त सभामा संस्थाको नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य लघुवित्तलाई गाभ्ने,गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय : १४:१० बजे






















