३.३६ प्रतिशतले बढ्यो कर्मचारीको तलब
वि.सं.२०८१ मंसिर ४ मंगलवार
काठमाडौं । कर्मचारी तथा मजदुरको तलब तथा ज्याला सूचकाङ्क बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को प्रथम त्रैमाससम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार तलब ३.३६ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको थियो ।
नयाँ तलब तथा ज्याला सूचकाङ्क प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण गरी तीनवटा ढाँचामा प्रकाशित गरिएको छ ।
प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.२४ प्रतिशत, मधेश प्रदेशको ४.९९ प्रतिशत, बागमती प्रदेशको २.९५ प्रतिशत, गण्डकी प्रदेशको २.२६ प्रतिशत, लुम्बिनी प्रदेशको ३.६७ प्रतिशत, कर्णाली प्रदेशको ५.०३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको बैंकले जनाएको छ ।
प्रकाशित समय : १७:३० बजे





















