back
nactional

एनएमबि बैंकले उर्जा ऋणपत्र जारी गर्दै

काठमाडौं । एनएमबि बैंकले जेठ १ अर्ब ५० रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ९ गतेदेखि १ हजार अंकित दरका कुल ४० लाख इकाइ ऋणपत्र विक्रि गर्न लागेको हो । बैंकले ‘एनएमबि ऊर्जा ऋणपत्र ४ प्रतिशत ब्याजदरमा २०९२–९३’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।

उक्त ऋणपत्र प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

१५ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ४ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन् । इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा–आईआर ए माइनस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्था समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

२०७८ जेठ ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५६

भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको...

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान...

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता

वि.सं.२०८३ भदौ ३ बुधवार १६:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा...

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो

वि.सं.२०८३ भदौ ३ बुधवार १६:१५

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै...

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

पोखरामा नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, सुरक्षा, स्वास्थ्य र शिक्षामा सहयोग

वि.सं.२०८३ भदौ ३ बुधवार १३:११

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा...