back

चौधरी ग्रुपद्वारा देशको कुल राजश्वमा दुई प्रतिशत योगदान, आर्थिक बर्ष २०८०/०८१ मा १८ अर्ब ५२ करोड सहित पाँच बर्षमा राष्ट्रिय ढुकुटीमा साढे ७६ अर्बको योगदान

काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ ।

यो सरकारको कुल राजश्वमा करिव दुई प्रतिशत ९१.९६ प्रतिशत० को योगदान हो । चौधरी ग्रुप अन्तरगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ ।

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभुमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले बृद्धि भएको छ । आर्थिक बर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक बर्षमा राजश्वमा पुर्याएको योगदान २ अर्ब ३८ करोड रूपैयाँले बढी छ । आर्थिक बर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो ।

‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौँ, ।’

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड रूपैयाँ, २०७७/७८ मा १४ अर्ब २८ करोड रूपैयाँ, २०७८/७९ मा १७ अर्ब ७२ करोड रूपैयाँ, २०७९/८० मा १६ अर्ब १४ करोड रूपैयाँ, २०८०/८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय बृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताए । ‘हामीले प्रत्येक बर्ष राजश्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी बर्षहरूमा पनि यो बृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रवन्ध निर्देशक चौधरीले भने, ‘चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’

नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ । करदाताको रुपमा व्यवसायको मार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिदै आएको छ । यो दुविधालाई अन्त्य गर्न र आफुले राजश्वमा गरेको योगदानलाई आम जनमानसकावीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यवसायिक ग्रुपका हैसियतमा चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ ।

यसका साथै, व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पुर्याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यवसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउनका लागि पनि चौधरी ग्रुपले ध्यानाकर्षण गराएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...