back

चितवन भरतपुर गीतानगरमा कृषि विकास बैकको २७१ औँ व्यवसायीक शाखा उद्धघाटन

काठमाडौं । गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैंकको नयाँ शाखा शनिबारदेखि उद्धघाटन गरिएको छ ।

बैंकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका थिए । बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए ।

‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दुरदृष्टिका साथ बैंकको २७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैंकका कार्यकारी अधिकृत गुरुङले जानकारी गराए ।

बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्म लगानी भईरहेको र हाल वित्तिय बजारमा उपलब्ध सम्पुर्ण अत्याधिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिन बैंकका कार्यकारी अधिकृत गुरुङले अनुरोध गरे । यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना बोकेको क्षेत्र भएकोले सहुलियत पूर्ण कर्जाको उपयोग गरि व्यवासायिक कृषि तिर लाग्न सर्वसाधारणलाई बैक सञ्चालक समिति सदस्य संजिव पौडेलले आग्रह गरे । पौडेलले भरतपुर क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईहरुको साथमा रहीतपाईहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताए।

यसका साथै, कर्मचारीहरुलाई पनि सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउन पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिए । बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरि सेवा दिईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।

उद्धघाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैंकको तर्फबाट सम्मान गरिएको बैंकका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिए ।

सोही कार्यक्रममा प्रबन्धक सागर प्रसाद शर्माले स्वागत मन्तव्य गरेका थिए । यस्तै, बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निर्देशक सम्बृद्धि कार्कीले बैंकका विषयमा प्रकाश पारेका थिए भने बैकका बरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगर वडा नं. ८ का वडा अध्यक्ष जीवनाथ कडेँल, वडा नं. ६ का वडा सदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी भने कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, वागमती तथा गण्डकी प्रदेश चिफ सुशिल हुमागाई, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ्ग एण्ड सेल्स विभागका बरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र खेटराज दाहाल, लगायतको विशेष सहभागी थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...