back
Naima

लुयानको विन्टर राइड अफर संचालन, के छ सुविधा ?

काठमाडौं । लुयान इलेक्ट्रिक स्कुटरको विन्टर राइड अफर संचालन भएको छ । लुयान विन्टर राइड अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै एउटा प्रिमियम हेलमेट र बाइक कभर उपहार पाइने भएको छ ।

यो अफर २०८१, कार्तिक २५ गते देखि मँसिर मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले चालु आर्थिक बर्षको कर र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराउने जनाएको छ ।

यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने जनाएको छ ।

कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।

लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुन्छ ।

आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकाले लुयानका स्कुटरहरुलाई बर्षायाममा चलाउन कुनै समस्या नपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाण्डौं उपत्यका भित्र मात्र ९ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो । यसको स्थापना करिब २७ बर्ष पहिला चीनमा भएको हो । आजको मितिसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुको बिक्रि वितरण भइरहेको छ ।

देशको उर्जा देश मै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आइरहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

“सुजुकी पर्वोत्सव”: दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव”: दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

वि.सं.२०८३ साउन ३१ आइतवार २०:४५

काठमाडौँ । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्पले दशैं तथा तिहारको...

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री

वि.सं.२०८३ साउन ३१ आइतवार २०:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको...

नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:२२

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल सिँगारिएका नयाँ गाडीहरू र तिनलाई...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३६

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन,...