back

मारुति सुजुकीले डिजायरको चौँथो पुस्ता सार्वजनिक गर्दै, कति छ मूल्य ?

काठमाडौँ । मारुति सुजुकीले आफ्नो लोकप्रिय मोडल डिजायरको चौँथो जेनेरेशन बजारमा ल्याउने भएको छ ।

यसला लागि भारतमा बुकिङ सुरु गरिसकेको छ । यो नयाँ जेनेरेशनको गाडी नोभेम्बर ११ अर्थात् आगामी सोमबार सार्वजनिक हुने छ ।

नयाँ डिजाइन, आधुनिक प्रविधि र निकै आरामदायी फिचर्सहरुका साथ नयाँ जेनेरेशन ल्याउन लागिएको कम्पनीले जनाएको छ । यो कम्प्याक्ट सेडानमा मारुतिले स्वीफ्ट ह्याचब्याकमा प्रयोग भएको नयाँ इञ्जिन नै लगाइएको छ ।

यो गाडीका लागि भारतमा बुकिङ खुला भइसकेको छ । यसको मूल्य भारतीय बजारमा विभिन्न भेरियन्ट अनुसार भारु ६ लाख ५७ हजारदेखि ९ लाख ३४ हजार रुपैयाँ हुने आनुमान गरिएको इकोनोमिक टाइम्सले लेखेको छ । तर अहिलेका लागि त्यहाँ भारु ११ हजार तिरेर प्रि–बुकिङ गर्न सकिने छ ।

यो जेनेरेशनको गाडीमा बाहिरी आवरणलाई नयाँ फ्रन्ट फेसिया, होरिजेन्टल क्रोम फिनिस सहितको ठूलो साइजको ग्रिल, नयाँ एलईडी हेडल्याम्प तथा रियर बम्पर समेत परिवर्तन गरिएको छ । साथै डिजाइरमा सिंगल प्यानल सनरुफ तथा सार्कफिन एन्टेना समेत थप भएको कम्पनीले जनाएको छ ।

९ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले राखिएको र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कार प्ले समेत साखिएको छ । यसबाहेक ४.२ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, क्रुज कन्ट्रोल, किलेस इन्ट्री, पुस स्टार्ट स्टप बटम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट आदि क्याबिन फिचरहरु नयाँ जेनेरेसनमा छन् ।

सुरक्षाको लागि पनि यो कारमा पर्याप्त फिचर्सहरु राखिएको छ । कुल ६ वटा एयर–ब्याग, ३६० डिग्री क्यामेरा, रिभर्स पार्किङ सेन्सर, एबीएस, ईबीडी, आइडल स्टार्ट स्टप सिस्टमजस्ता फिचरहरु कारमा समावेश गरिएको छ ।

मारुती सुजुकी डिजायर २०२४ मोडलमा १.२ लिटरको ३ सिलिण्डर जेड सिरिज पेट्रोल इन्जिन रहेको छ । यो इन्जिनले ८० हर्सपावर तथा ११२ न्युटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको म्यानुअल र ५ स्पीडकै एएमटी गियरबक्स अप्सन रहेने छ ।

यसका साथै कम्पनीले यस मोडलको सीएनजी संस्करण (भेरियण्ट)मा पनि काम गरिरहेको छ । उक्त संस्करणमा भने ६८ हर्सपावर र १०१ न्युटन मिटरको टर्क क्षमता रहने बताइएको छ ।

मारुति सुजुकी इण्डिया लिमिटेडका मार्केटिङ तथा सेल्स हेर्ने बरिष्ठ कार्यकारी अधिकृत पार्थो बनर्जीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ, ‘अल न्यू डिजायरमा हामीले केही त्यस्तो विशेष (फिचर्स) तयार पारेका छौँ, जसले यो गाडीलाई आफ्नो सेग्मेन्टमा सर्वश्रेष्ठमात्रै बनाउने छैन, पारम्परिक अपेक्षाहरुभन्दा माथि जाने छ ।’

मारुती सुजुकी डिजायरले हुन्डाई औरा, होण्डा अमेज, टाटा टिगोर जस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...