back

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ ।

१०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल आएको थियो । आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्जदिने दाबी गरिएको छ ।

आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर, र विश्व कार डिजाइन अफ दि इयर जस्ता सम्मानित पुरस्कारहरू प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड, र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ ।आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुनेछ ।

करिव एक महिना भित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने १०० किलोवाटको आयोनिक ५ खरिदगर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सक्नेछन् ।

प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक ५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो। आयोनिक -५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।

नेपाली बजारमा प्रिमियम ईभी चड्न चाहनेहरूको लागि आयोनिक ५ एक उत्कृष्ट रोजाइ हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...