एकैदिन तोलामा ४ हजारले घटयो सुनको भाउ
वि.सं.२०८१ कात्तिक २२ बिहीवार
काठमाडौं । नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी आज १९६० मा झरेको छ ।
प्रकाशित समय : ११:१६ बजे






















