back

डोनल्ड ट्रम्पले चुनाव त जिते तर उनीमाथि लागेका मुद्दा अव के हुन्छन्?

३४ वटा कसुरमा दोषी ठहर

काठमाडौं । रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोषी हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनीविरुद्धका कैयौँ आपराधिक मुद्दा विचाराधीन छन्।

दर्जनौँ आपराधिक मुद्दा कायम रहँदा देशको सर्वोच्च पदमा उनी विराजमान हुने अवस्था बनेकाले अमेरिका अनेकौँ नसुल्झिएका मामिला कायम रहेको देश बन्न पुगेको छ। ट्रम्पले ह्वाइट हाउसमा पाइला राख्दै गर्दा उनीविरुद्धका चार कानुनी मुद्दा के होलान् भन्ने धेरैको चासो छ।

डोनल्ड ट्रम्प न्यूयोर्क राज्यमा व्यावसायिक अभिलेखहरू किर्ते गरेका ३४ वटा कसुरमा दोषी ठहर भएका भइसकेका छन्।

न्यूयोर्कमा पूर्व’पोर्नस्टार’लाई ‘चुप बस्न’ पैसा दिएको मुद्दा

गत मेमा न्यूयोर्कको एक अदालतले उनलाई एक पूर्व’पोर्नस्टार’लाई ‘चुप बस्न’का लागि पैसा दिएको अभियोगमा दोषी पाएको थियो। न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले गत सेप्टेम्बरबाट उनको सजाय तोक्ने मितिलाई चुनावपछि अर्थात् नोभेम्बर २६ का लागि सारेका थिए। ब्रूक्लिनका पूर्वअभियोजनकर्ता जुली र्‍यान्डल्म्यानले ट्रम्पले चुनाव जितेमा पनि न्यायाधीश मर्चनले सजाय सुनाउन सक्ने बताइन्।

कानुनविद्हरू पहिलो पटक अपराध गरेको एकजना व्यक्तिका रूपमा ट्रम्पलाई जेल सजाय हुन सक्छ भन्ने विषय अविश्वसनीय रहेको बताउँछन्। र्‍यान्डल्म्यानका अनुसार यदि त्यस्तो भएमा पनि उनका वकिलहरूले त्यसविरुद्ध तत्कालै पुनरावेदन गर्ने छन्। उनीहरूले ट्रम्पलाई जेलमा राखियो भने उनले राष्ट्रपतिका रूपमा गर्नुपर्ने कामहरू गर्न पाउने छैनन् भन्ने तर्क गर्ने छन्। ती कारणहरूले मुद्दा विचाराधीन रहँदा उनी स्वतन्त्र नै रहने छन्। “यस्तो अवस्थामा पुनरावेदनको प्रक्रिया वर्षौँसम्म चल्न सक्छ,” उनले भनिन्।

ज्यानुअरी ६ को मुद्दा
भूतपूर्व सङ्घीय अभियोजनकर्ता निअमा रहमानीले ट्रम्पले चुनाव जितेपछि यो मामिलामा उनीमाथि लागेको आपराधिक आरोप “सकिने” बताए। “पदासीन राष्ट्रपतिमाथि मुद्दा चलाउन सकिँदैन भन्ने स्थापित भएकाले चुनावमा धाँधली गरेको आरोपमा डीसी जिल्ला अदालतमा उनीमाथि रहेको मुद्दा खारेज हुने छ,” उनले भने। यदि स्मिथले उक्त मुद्दालाई खारेज गर्न मानेनन् भने ट्रम्पले उनलाई हटाउन सक्छन् र त्यस्तो उनले पहिले नै भनिसकेका छन्। “म उनलाई दुई सेकन्डमा हटाइदिन्छु” गत अक्टोबरमा दिएको एउटा रेडिओ अन्तर्वार्तामा उनले भनेका थिए।

 गोप्य दस्तावेजहरूसम्बन्धी मुद्दा

ट्रम्पले ह्वाइट हाउस छाडेपछि गोप्य दस्तावेजहरूको गलत प्रयोग गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दाको पनि स्मिथले नै नेतृत्व गरिरहेका छन्। उक्त आरोपलाई पनि ट्रम्पले अस्वीकार गरेका छन्। उनीमाथि फ्लोरिडास्थित घर ‘मर-आ-लागो’मा संवेदनशील कागजातहरू भण्डारण गरेको र कागजातहरू पुन: प्राप्त गर्ने कार्यमा न्याय मन्त्रालयलाई अवरोध गरेको आरोप लगाइएको छ। उक्त मुद्दा हेर्न तोकिएकी न्यायाधीश एलीन क्याननलाई ट्रम्पले नियुक्त गरेका थिए। उनले गत जुलाईमा त्यो मुद्दालाई खारेज गरिदिइन्। ती न्यायाधीशले स्मिथलाई उक्त मुद्दाको नेतृत्व गर्न न्याय मन्त्रालयले अनुचित रूपमा नियुक्त गरेको भन्दै त्यस्तो निर्णय गरेकी थिइन्। त्यसविरुद्ध स्मिथले पुनरावेदन गरेका छन्।

रहमानीका अनुसार ट्रम्पले जितेसँगै गोप्य दस्तावेजसम्बन्धी मुद्दाको भविष्य पनि चुनावी मतपरिणाम उल्ट्याउने प्रयास गरेको भनी उनीमाथि लागेको मुद्दाको जस्तै हुनेछ।

जोर्जा चुनावसम्बन्धी मुद्दा

ट्रम्पले जोर्जा राज्यमा पनि सन् २०२० को चुनावी मतपरिणाम उल्ट्याउने प्रयास गरेको भन्दै आपराधिक मुद्दाको सामना गरिरहेका छन्।

उक्त मुद्दाले पनि धेरैखाले अवरोधहरूको सामाना गरेको छ। त्यस्तै अवरोधका रूपमा जिल्ला न्यायाधिवक्ता फानी विलिसलाई उनले कामका लागि राखेका एक वकिलसँगको सम्बन्धसँग जोडेर अयोग्य ठहर्‍याउने प्रयाससमेत गरिएको छ। एउटा पुनरावेदन अदालतले विलिसलाई उक्त मुद्दामा बस्न दिन मिल्छ कि मिल्दैन भनेर निर्णय गर्न बाँकी छ।

तर अहिले ट्रम्पले चुनाव जितेसँगै उक्त मामिला टुङ्गो लाग्न थप ढिलो हुन सक्छ वा मुद्दा खारेज पनि हुन सक्छ। कानुनविद्‌हरूका अनुसार ट्रम्पको कार्यकालमा उक्त मुद्दा अघि बढाउने प्रक्रिया रोकिन सक्छ।

न्यायाधीशले ट्रम्पका वकिल स्टीभ स्याडोलाई यदि उनी राष्ट्रपति निर्वाचित भए पनि अदालती प्रक्रियामा उनी ट्रम्पको पक्षमा रहन्छन् भनेर सोधेका थिए।

“उत्तर के हो भने- मलाई के लाग्छ भने सर्वोच्चताको कारण र राष्ट्रपतिका रूपमा उनको कर्तव्यका कारण उनले उक्त पद नछाड्दासम्म यो सुनुवाइ हुने छैन,” उनले भनेका थिए।

विशेष अनुसन्धानकर्ता ज्याक स्मिथले सन् २०२० को निर्वाचनमा जो बाइडनको जितलाई उल्ट्याउने प्रयास गरेको भन्दै उनीविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेका थिए।

ट्रम्पले आफू उक्त मामिलामा दोषी नभएको बताएका छन्।

गत ग्रीष्मकालमा सर्वोच्च अदालतले ट्रम्पले पदमा रहँदा गरेका निर्णयहरूमा उनीमाथि लाग्न सक्ने आपराधिक अभियोगहरूमा आंशिक रूपमा छुट पाउने आदेश दिएसँगै उक्त मामिला अहिले कानुनी अनिश्चिततामा फसेको छ। त्यसपछि स्मिथले पुन: मुद्दा दायर गरेका छन्। त्यसमा उनले चुनावी मतपरिणामलाई उल्ट्याउने कोसिस ट्रम्पको आधिकारिक कामभित्र नपर्ने दाबी गरेका छन्।यो समाचार बीबीसीन्युजको सहयोगमा तयार पारिएको हो । 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...