back

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।

यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन ।

युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आइएमई लिमिटेडको ५० हजार भन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...