back

तिहार फ्लोरा एक्सपो सम्पन्न, पाँच दिनमा ७२ लाखको कारोबार

nactional life

काठमाडौं । तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा तिहारको महोत्सव फूलको उत्सव भन्ने नारा सहित शुक्रवारबाट काठमाडौको भृकुटीमण्डपमा पाँच दिन ,मगलबार सम्म चलेको एक्स्पोमा ७२ लाखको कारोबार भएको छ ।

एक्स्पोमा ४० हजार बढीले अवलोकन गरेको एक्स्पोकी सयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिए । फूल तथा नर्सरी र नर्सरीजन्य उत्पादनको परनिर्भरतालाई कम् गरी स्वदेशी उत्पादनलार्ई बृद्धि गर्ने उदेश्यले तिहार लक्षित तिहार फ्लोरा एक्सपो सफल भएको संघमा अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । व्यवसायी र उपभोक्ताको दुरी घटाउने र नर्सरी ब्यवसायीहरुले उत्पादन गरेका कृर्षि तथा बन जडीबुटी नर्सरी फलफूल औजार उपकरण सबै एकै थलोमा भएकाले अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो अध्यक्ष तिमिल्सिनाको भने ।

तिहार फ्लोरा एक्सपोमा बिभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल बिरुवाहरु लगायत कृषि तथा बन जडीबुटी , औजार उपकरण , मल सबै गरी ६५ वटा ब्यवसायीक स्टर राखिएको थियो ।

तिहार फ्लोराएक्स्पो २०८१ को समापन कार्यक्रममा बोल्दै , पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका पार्टी प्रबक्ता अग्नी साप्कोटाले नेपाललाई ग्रीन डेभलपमेन्ट तर्फ लैजानु पर्ने बताउनु भयो ,अन्य बिकास संगै ग्रीन डेभलपमेन्टको आवश्यक्ता नेपालमा रहेको सापकोटाको भनाई थियो । नर्सरी व्यवसायलाई प्रोत्साहन गर्न सके युवाहरुलाई बिदेश पलायन हुन बाट रोक्न सकिने र नर्सरी व्यवसायको को बिस्तार गरी ग्रीनरी डेभलपमेन्ट तर्फ लाग्नु पर्ने सापकोटाको भनाई थियो ।

नर्सरी ब्यवसायीहरुको माग अनुसार नेपालमा रहेको बाझो जग्गा नर्सरी ब्यवसायको लागि लिजमा दिने प्रकृया मिलाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता सापकोटाले गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...